सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बिश्वकै उदयमान चीनले उमार्यो चन्द्रमामा पहिलो बिरुवा

बिश्वकै उदयमान चीनले उमार्यो चन्द्रमामा पहिलो बिरुवा

चीन । सानो कपासको बिउमार्फत चन्द्रमामा बिरुवा उमारेको बैज्ञानिकहरुले पुष्टि गरेका छन।चन्द्रमामा पठाइएको ‘च्याङ्ग(४ ल्याण्डर’ नामक यन्त्रको सहायतामा चीनको अन्तरिक्ष अनुसन्धान कार्यक्रमले सानो कपासको बिउमार्फत बिरुवा उमारेको बैज्ञानिकहरुले पुष्टि गरेका छन । अघिल्लो महिनाको शुरुवातमा चन्द्रमाको पछाडिको क्षेत्रमा पहिलोपटक पुर्याइएको उक्त यन्त्र भित्र रहेको सानो दराजजस्तो संरचनाभित्र उक्त अंकुर निकाल्न सफल भएको कुरा चीनको चोङ्किङ बिश्वबिध्यालयद्वारा सार्वजनिक तस्विरहरुमा देखाइएको छ ।

यो प्रयोगको नेतृत्व गरिरहेका बैज्ञानिक सि गेङ्जिनले मंगलबार भने “पहिलो पटक मानिसले चन्द्र सतहमा जैविक विकासको सफल प्रयोग गरेको छ।” बिरुवाहरू हुर्काउने काम अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्रमा यस अघि नै भएको छ, तर पहिलो पटक चन्द्रमा समेत बैज्ञानिकहरुलाई सफलता मिलेको छ। यसरी चन्द्रमामा बिरुवाहरू बढाउने क्षमताको बिकासले लामो समयसम्मका अन्तरिक्ष मिशनको लागि महत्त्वपूर्ण देखिन्छ अझ सौर्य प्रणालीमा रहेका ‘मंगल ग्रह’ जस्ता अन्य स्थानहरुको लागि यो उपलब्धि महत्वपुर्ण खुट्किला बन्न जानेछ।

त्यहिको वातावरणमा निर्मित पानीबाट अन्तरिक्षमा खानयोग्य बस्तुको खेति लामो समयसम्म मानिसलाई पृथ्वी बाहिर बस्नुपर्ने यात्राहरुको लागी बरदान बन्नेछ । यो प्रयोगको बिस्तारले लामा अन्तरिक्ष यात्राहरुलाई धेरै सहज बनाउनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend