बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

घलेम्दी हाइड्रो लिमिटेडको दशौं साधारणसभा सम्पन्न

घलेम्दी हाइड्रो लिमिटेडको दशौं साधारणसभा सम्पन्न

काठमाडौं । अध्यक्ष किशोर सुवेदीको सभापतित्वमा घलेम्दी हाईड्रो लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  यही पुष २९  आईतबार सासा बैंक्वेट नयाँबजार, काठमाडौंमा साधारणसभा सम्पन्न भएको साधारणसभाले कम्पनीको १:२ हकप्रद शेयर निष्कासनलाई अनुमोदन गर्नुका साथै शेयरधनिलाई आगामी वर्ष  लाभांश दिने प्रतिबद्धता संचालक समितिले गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदनमाथि छलफल र सुझावसहित  पारित गरेको छ । सभाले समीक्षा आर्थिक वर्ष २०७९/०८० को  लेखा परिक्षण प्रतिवेदन ,  वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरुमाथि छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति र  पारिश्रमिक निर्धारण गरेको छ ।

यस कम्पनीले १ :२ को अनुपातमा हकप्रद सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । हकप्रद सेयरबाट जम्मा भएको रकम ६३ मेगावाटको छुजुङखोला जलविद्युत आयोजनामा लगानी गर्नेछ । आउने आर्थिक वर्षमा लगानीकर्तालाई लाभांश दिने गरी व्यवस्थापन र कर्मचारीले काम गरिरहेको कम्पनीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend