काठमाडौं – तारादेवी स्मृती फाउन्डेशनले यही माघ ९ गते राष्ट्रिय सभागृहमा “सम्झनामा तारा देवी” कार्यक्रमको आयोजना गर्ने भएको छ। राजधानीको संवाद चौतारीमा पत्रकार सम्मेलन गरी स्वरकिन्नरी तारादेवी श्रेष्ठको १३ औँ पुण्य स्मृति पारेर कार्यक्रम गर्न लागेको जानकारी गराईयो । कार्यक्रमको लागि ५ सदस्यीय नयाँ कार्यसमिती सार्वजनिक गरेको छ । कार्यसमितीमा संरक्षक रवि श्रेष्ठ, अध्यक्ष दिपक केसी, उपाध्यक्ष भुवन चन्द, महासचिव सोभन सैंजु र कोषाध्यक्षमा रमेश थापा रहेका छन् ।
पत्रकार सम्मेलनमा काठमाण्डांै क्षेत्र नम्बर ७ का सांसद एवं संस्थाका सल्लाहकार रामवीर मानन्धरले श्रष्ठाहरुको सम्मान र कलाको कदर गर्दै संरक्षण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । यस्तै संस्थाका अध्यक्ष दिपक केसीले कलाकार देशका गहनाको रुपमा राखीए पनि कलाकारहरुले आफ्नो दैनिक गुजारा गर्न समेत कठिन भएकोे बताए । कार्यक्रममा देशका चर्चित गायक गायिकाहरु ज्ञानु राणा, मिरा राणा, संगीता शाक्य लगायतले तारादेवीका गीतहरु प्रस्तुत गर्ने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend