काठमाडौं । नेप्से परिसूचकले २२ सयको बिन्दुलाई छोएको छ । बुधबार बिहान बजार खुलेको ५ मिनेट ८ सेकण्डमा परिसूचकले २२ सयको बिन्दुलाई छोएको हो ।
हिजो शेयर बजार लामो उतारचढावपछि अन्तत १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा अडिएको थियो । बजारमा ३ करोड ३५ लाख २५ हजार ७०२ किक्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ८६८ रुपैयाँको कारोबार भएको हो । जुन यस वर्षकै बढी करोबार हो ।
यो कारोबारमा ग्लोबल आईएमई लघुविक्त वित्तीय संस्था र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेका छन् भने इस्टर्न हाइड्रोपावर लिमिटेड र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर नेगेटिभ सकिर्टका साथ सर्वाधिक घाटामा रहेका छन् । बुधबार बजार पूँजीकरण ३३ खर्ब ९७ अर्ब रुपैयाँ बढी रहेको छ ।