बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

हसना भास्तिपुर साकोसको १५औं साधारणसभा सम्पन्न, संस्थागत वित्तिय अवस्था विस्तार

हसना भास्तिपुर साकोसको १५औं साधारणसभा सम्पन्न, संस्थागत वित्तिय अवस्था विस्तार

काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यमा ईभर भिजन स्कुल , चन्द्रागिरि १२, बलम्बु , काठमाडौमा पुष २८ गते शनिबार उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभामा नेफ्स्कुनका अध्यक्ष ढकालले सहकारी संस्थाहरुले स्वनियमनमा बसेर बचतकर्ताको लगानीको सुरक्षणमा ध्यान दिनुपर्ने बताउँदै नियमनकारी निकायहरुको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

“कर्जा असुली न्यायाधीकरणको विषय ऐनमा समावेश भएपनि कार्यान्वयन भएको छैन”, कार्यक्रममा अध्यक्ष ढकालले भने। उनले सहकारी सूचना केन्द्रको आवश्यकता रहेको पनि बताए ।

सभाले संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यससँगै , साधारणसभाले लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९।८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु पारित गरेको हो ।

कार्यक्रममा अध्यक्ष महर्जनले आफ्नो संस्थाले आगामी दिनमा संस्थागत सुधारका काम तथा समुदायसङ्ग आधारित कामहरुलाई थप विस्तार गर्ने बताए।

संस्थागत वित्तिय अवस्था :

समीक्षा आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्म संस्थागत वित्तिय अवस्थामा  गत सालको दाँजोमा शेयर रकम रु. ७,२०,७३,६८१/- बाट रु. ७,६०,३८,३००/-, बचत रकम रु. १,३१,४७,१७,४००/६५ बाट रु १,४६,२८,५५,३७२/७५, कर्जा लगानी रकम रु. १,४६,२६,७५,३०२/५१ बाट रु. १,५३,६५,२६,४०२/६७ र जम्मा वासलात रु. १,६७,६६,१०,५१३/६० बाट रु. १,७५,७४,५३,१५१/३२ भएको संस्थाले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend