बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभाबाट १७% हकप्रद शेयर पारित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभाबाट १७% हकप्रद शेयर पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । लाइफ इन्स्योरेन्स कम्पनीकि अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा पुष २९ गते सम्पन्न  भएको  उक्त सभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित भएको छ भने ६ जना संचालक समेत चयन भएका छन् ।

साधारणसभाबाट समीक्षा आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत भएको छ भने आर्थिक वर्ष २०७९।८० को लेखापरीक्षक पनि नियुक्त भएका छन् ।

साधारणसभाले कम्पनीको संस्थापक समूहबाट चार जनालाई चयन गरेको छ । संस्थापक समूहतर्फ वीरेन्द्र जंग पाण्डे, शिक्षा भट्टचन , सम्झना अर्याल र सुशन शेरचन रहेका छन् । त्यस्तै, सर्वसाधारण तर्फबाट भने शंकर गौतम र ज्योति शेरचन गरी दुईजना निर्विरोध निर्वाचित भएका छन् ।

सभाबाट जाजरकोट भूकम्पमा परेका नागरिकहरुलाई दिइएको १० लाख रुपियाँ बराबरको रकम पनि साधारण  पारित भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend