बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

हिमालयन लघुवित्तको लगानी रु. ४ अर्ब ४० करोड भन्दा बढी

हिमालयन लघुवित्तको लगानी रु. ४ अर्ब ४० करोड भन्दा बढी

काठमाडौं।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पुष २५ गते बुधबार काठमाडौंमा सम्पन्न भएकोे साधारण सभामा वित्तीय संंस्थाका अध्यक्ष बिजयमान नकर्मीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेको थिए।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ । सभामा, वित्तीय संस्थाका अध्यक्ष बिजय मान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनीको अपेक्षा पुरा गर्न संस्था कटिबद्ध रहेको कुरा व्यक्त गरे ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब ४० करोड भन्दा बढी लगानी गरेकोे छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend