– हरिभक्त सिगदेल ‘ महेश ‘
सूर्य चन्द्र छ यो एक पृथ्वी वायु यता जल
सारा सृष्टि रमेको छ आगो बनेर आँचल।
सम्मान मानमा पञ्चतत्वको ज्ञान खुल्दछ
सृष्टि मग्मगमा हुन्छ सुवास नित्य डुल्दछ।।
सद्भाव अनि सम्मान आपसी प्रेमको घर
अड्न सक्छाैँ मिले मात्र शान्ति नै हुन्छ सुन्दर।
सूर्य चन्द्र समेटेर ज्ञान चौडा भए मन
हाँसी खुसी हुने हुन्छ मन नै मनको धन।।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend