सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्टको पुष्टि; संक्रमणप्रती सजग रहन आग्रह

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्टको पुष्टि; संक्रमणप्रती सजग रहन आग्रह

२४ पुष , काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ओमिक्रोनको नयाँ सव -भेरियन्ट जेएन.वान् पुष्टि भएको जनाएको  छ ।

पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वान् पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो जनाएको हो ।

कोभिड- १९ को नयाँ सव -भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सबै हेल्थ डेस्कहरु, स्वास्थ्य कार्यालयहरुमार्फत आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न र स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले कोरोना संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि भीडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन पनि सबैलाई आग्रह  गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend