सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

समाज सेवामा अग्रणी राउण्ड टेबल

समाज सेवामा अग्रणी राउण्ड टेबल

राउण्ड टेबुल इन्टरनेशनलको स्थापना बेलायतको नरविचमा सन् १९२७ मा भएको थियो । राउण्ड टेबुलका संस्थापक लुइस मरचेसी नरविच रोटरी क्लब बेलायको युवा सदस्य थिए । उक्त समयमा नरविच रोटरी क्लबमा उक्त सहरका युवा उद्यमीहरुले तत्कालिन आवश्यकता अनुसार नियमति जम्मा भई आ–आफना अनुभव तथा योजनाहरु बिच छलफल गरी विचार आदानप्रदान गर्दथे जसबाट सबै सदस्यहरुले भिन्दाभिन्दै सफलताका सुत्रहरु तथा अनुभवहरुको बारेमा बुझ्ने अवसरहरु प्राप्त गर्दथे ।  उक्त नियमित जमघट तथा अनुभवहरुको आदानप्रदान गर्दागर्दै केही वर्षको निरन्तरता पश्चात् सहभागीहरुको संख्या ८५ पुग्यो जसलाई राउण्ड टेबुल नामाकरण गरियो । आफ्नो स्थापनाको पहिलो चरणमै राउण्ड टेबुलले एउटा साझा सहमति बनायो , राउण्ड टेबुल एक गैर धार्मिक गैर राजनीतिक एक विशुद्ध सामाजिक संस्थाका रुपमा निरन्तर अगाडि बढनेछ ।

हाल राउण्ड टेबुलमा साना युरोपियन मुलुकहरुको उच्च सहभागिताका साथै अफ्रिका, मध्यपूर्व एसिया, न्यूजिल्याण्डका साथै अमेरिकामा समेत सक्रिय छन् । यद्यपी राउण्ड टेबुलले संसारका ठूलादेखि साना साना भूमागमा समेत आफनो प्रतिनिधित्व जनाई कुनै कुनै कुनै रुपमा सामाजिक कार्य गर्दै आएका छन् । राउण्ड टेबुल नेपालमा झण्डै १० वर्ष अगाडि भएको हो । पहिलो कार्यका रुपमा राउण्ड टेबुल नेपालले मद्रास भारतका अपाङ्गता भएको ललित साहलाई सहयोग गर्दै सुरुवात गरेको थियो । त्यसबेला राउण्ड टेबुलका च्याप्टर अध्यक्ष सि.के गोल्छा थिए । औपचारिक गठन हुन अघिको अवधिमा जम्मा ५ राउण्ड टेबुल थिए । राउण्ड टेबुल नेपाललाई एक स्वतन्त्र संस्थाका रुपमा गठन गर्नको लागि तत्कालिन समयमा राउण्ड टेबुल इन्डिया तथा राउण्ड टेबुल जर्मनीले संयुक्त रुपमा प्रायोजन गरेका थिए । हाल राउण्ड टेबुल नेपालले विभिन्न क्षेत्रिय क्लबहरुका रुपमा ठूला ठूला सामाजिक कार्यहरुका साथै दिर्घकालिन सामाजिक विकासका लागि सामाजिक विकास योजनाहरु बनाई कार्य गरिरहेको छ ।

राउण्ड टेबुल नेपालले एउटा महत्वप्पूर्ण दीर्घकालिन सामाजिक कार्य Build the Nation through Education  अंगालेको छ । जस अन्तर्गत गरिबीका कारण शिक्षा प्राप्त गर्न नसकेकाहरुलाई उच्च शिक्षा हासिल गरुन्जेल सहयोग गरी शिक्षित तथा दक्ष नागरिक निर्माण गर्नु हो । गरिबीका कारण पढ्न नसकिरहेका जेहेन्दार विद्यार्थीहरु पहिचान गरी उनीहरुलाई आवश्यक सहयोग प्रदान गर्नु राउण्ड टेबुल नेपालको प्रमुख कार्य हो । शिक्षाका अलावा विभिन्न अन्य समाजसेवाहरु पनि राउण्ड टेबुलले गर्ने गर्दछ । संस्थाका कोषाध्यक्ष आशिश गोयलकाअनुसार हाल राउण्ड टेबुल नेपालले बौद्धिक अपाङ्ग संस्था सिफलका अपाङ्ग बच्चाहरुलाई पठनपाठन गराउन सहयेग गर्नुका साथै उनीहरुको स्वास्थ्य उपचार, घरजग्गा भाडा तिर्नुका साथै २५–२६ जना विपन्नहरुलाई सहायता प्रदान गरिरहेको छ ।

हालै हामीले न्यू नेपाल सोसाइटी, अनाथ बच्चा आश्रममा ब्ल्याङ्केट, जुत्ता, मोजा, स्टेशनरी, गर्मीका लागि फ्यानका साथै खेलकुदका सामग्री समेत वितरण गरेका छौं । आशिष गोयलले भने । तत्कालै मात्र हामीले श्री निजानन्द वृद्धाश्रम जावलाखेलमा ब्लाङ्केट, मोजा तथा झुल वितरण गरेका छौं गोयलले भने । उनका अनुसार संस्थाले उक्त सामाजिक कार्यहरु गर्न आवश्यक रकम सदस्यहरुबाट संकलन, विभिन्न अन्य कार्यक्रम इभेन्टहरु सञ्चालन गरिने गरिएको जानकारी दिए । काठमाडौ एलिट राउण्ड टेबुल @ (Kathmandu Elite Round  नेपालका हालका अध्यक्ष प्रवेश खेम्का छन् । १० जनाको कार्यकारी समिति रहेको संस्थाका सचिव विजय अग्रवाल हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend