काठमाडौं । को-म्हेन्दो वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
पुष २१ गते शनिबार डेलिस ओपेरा बैंकेट , बालुवाटारमा अध्यक्ष सत्य प्रधानको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणले लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९।८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको हो ।
समीक्षा आर्थिक वर्षमा शेयर पुँजि रु. ८४,१४,५००/- रहेको संस्थाको निक्षेपतर्फ रु.२४,४२,९५,१५२|८८ तथा कर्जा लगानी रु. २०,९१,९७,४३६/- रहेको जनाएको छ। संस्थाको खुद नाफा रु.६,५४,५०६|३१ रहेकोे छ।
निक्षेप र कर्जा घटाउदै लगानी उठाउने तथा निक्षेपकर्तालाई क्रमशः फिर्ता दिँदै जाने संस्थाले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend