बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३

नेपाल उद्योग व्यापार महासंघको दोस्रो साधारणसभा सम्पन्न

नेपाल उद्योग व्यापार महासंघको दोस्रो साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघको दोस्रो साधारणसभा सम्पन्न भएको छ। महासंघका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षता र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यमा पुष २१ गते शनिबार सम्पन्न साधारणसभा अर्थतन्त्रको वर्तमान अवस्था र  महासंघको वार्षिक प्रतिवेदन उपर छलफल सम्पन्न गरेको  हो।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको दाबी गरेका छन् । कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुतो हुन नसकेको उनको भनाई छ ।

‘कोभिड महामारीले विश्व अर्थतन्त्रमा परेका दबाबबाट नेपाल पनि अछुत रहेन । बिस्तारै अर्थतन्त्र लयमा फर्किँदैछ । बन्द भएका सटरहरू अब बिस्तारै खुल्दैछन्,’ मन्त्री बस्नेतले भने । उनले सरकारले निर्माण व्यवसायीको बाँकी भुक्तानी पठाइसकेको जानकारी समेत दिए ।

मन्त्री बस्नेतले  नेपाल श्रीलङ्का बन्छ भन्ने हल्लाबिच वर्तमान सरकार बनेको बताउँदै अब त्यस्तो नरहेको समेत बताए । “नेपाली श्रीलङ्का बन्छ भन्ने हल्ला अब छैन, बिस्तारै देश बरबादीतिर होइन समृद्धितिर अघि बढेको छ । चुनौती र दबाब भने अवश्य छन्” मन्त्री बस्नेतले भने । १२ वर्षमा २९ हजार मेगावाट विद्युत् उत्पादन गरेर देशलाई समृद्धिको यात्रामा अघि बढाउन सरकार लागि परेको उनले  बताए । प्रधानमन्त्री प्रचण्डले आफैबाट सुशासनको अभियान सुरु गरेको बताउँदै मन्त्री बस्नेतले तथ्यहरूले देश प्रगतिको दिशातिर गएको देखाएको दाबी गरे ।

कार्यक्रममा पूर्वमुख्य सचिव लीलामणि पौडेलले देशलाई समृद्धिको यात्रामा लैजान सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । व्यवसायी कृष्ण आचार्यले अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेको बताउँदै चुनौती अझै बाँकी रहेको बताउँदै सरकारले अझै मेहनत गर्नुपर्नेमा जोड दिए । उनले विकास निर्माणको लागि विद्युत् उत्पादन अनिवार्य भएको बताउँदै सरकारी ऐन निकै झन्झटिलो भएको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारका पछिल्ला कदमले अर्थतन्त्र लयमा फर्किने वातावरण बन्दै गएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले एक वर्षको पुगेका अवसरमा गरेको घोषणाले निजी क्षेत्र उत्साहित बनेको बताउँदै अर्थतन्त्र चलायमान बनाउन विकास खर्च बढाउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष नन्दबहादुर केसी, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल, एभरेष्ट इन्ड्रिटिज कमर्श भारतका अध्यक्ष युवराज बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतलगायतले अर्थतन्त्र सुधारको बाटोमा जान लागेको धारणा राखेका थिए । उनीहरूले सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend