२० पुष , काठमाडौं । चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी बिवाईडीले वर्ष २०२३ मा ३० लाख भन्दाबढी विद्युतीय सवारीसाधन विक्री गरेको जनाएको छ। विद्युतीय सवारीसाधन उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको BYD ले २०२३ को अन्त्य सम्ममा ३,०२४,४१७ विद्युतीय गाडीहरू बेचेको घोषणा गरेको हो।
यससँगै, अमेरिकी कम्पनी टेस्लालाई पछि पार्दै चिनियाँ कम्पनी बिवाइडीले विश्वमा सबैभन्दा धेरै विद्युतीय गाडी बिक्री गर्ने कम्पनी बन्न सफल भएको छ ।
यस माइलस्टोनले BYD को ६१.८% को वार्षिक वृद्धि मात्रै नभएर दिगो साधनहरुको विकासमा BYD को प्रतिबद्धतालाई पनि देखाएको कम्पनीले बताएको छ।
वार्षिक मापदण्डमा ४५.०% को वृद्धि देखाउदै, BYD ले डिसेम्बर २०२३ मा, कुल मासिक ३४१,०४३ न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो। वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले BYD लाई विद्युतीय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सह्योग गरेको छ कम्पनीको दावी छ ।
२०२२मा पनि BYD ले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै, १.८६ मिलियन गाडीहरू बेचेको रेकर्ड बनाएको थियो। कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नविन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै BYD लाई विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ उचाईमा पुर्याएको उसले जनाएको छ ।
२०२३ लाई उत्कृष्ट वर्षका रुपमा मनाइरहँदा, BYD ले पर्यावरण मैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केहि परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको छ। ३ मिलियन भन्दा बढीको विद्युतीय सवारी साधनहरुको बिक्रि कम्पनीको टिमको अथक प्रयास मात्रै नभएर उत्पादनको गुणस्तर तथा उत्कृष्टतालाई विश्वास गर्ने विश्व भरका ग्राहकहरू पनि रहेको कम्पनीले बताएको छ।
BYD को विद्युतीय गतिशीलता र कार्बन फूटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तन संग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरू अन्तर्गत भएको र कम्पनीले उच्च-गुणस्तरीय प्रविधि र पर्यावरणमैत्री समाधानहरूको उत्पादनमा दृढ रहेको बताएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend