चितवन । ८० प्रतिशत हिन्दु भएको नेपालमा हिन्दुहरुले मनाउदै आएका चाडपर्वहरुमा विदा नदिएको भन्दै ब्राहमण समाज नेपालले सरकारलाई ध्यानकर्षण गराएको बताएको छ । समाजका अध्यक्ष मिलन दिप पौडेलद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा सरकारले मनोमानी ढंगले मुलुकमा रहेका अल्पसंख्यक तथा अन्यको सार्वजनिक बिदा थप गरि हिन्दुहरुको भावनाप्रति ठेस पुरयाएको भन्दै बिरोध जनाएको हो । समाजले गत भदौ २५ गते हिन्दुहरुले मनाउदै आएको चाड पर्वमा बिदामा कृष्ण जन्माष्टमी, रामनवमी, घटस्थापना, वडादर्सै, द्धादशी कोजाग्रत पुर्णिमा र जनै पुणिमाको विदा समावेश गरिएको छैन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend