काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०७९/०८० को संचित मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको हाल कायम चुक्ता पुँजि रु.३३,५९,२६,५००/- को ७ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.३७% नगद लाभांश प्रदान गरेको छ। कम्पनीको यही पुस १२ गते सम्पन्न भएको १७औं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको छ।
साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत गरिएको संस्थाको वार्षिक प्रगति प्रतिवेदन ,कोषाध्यक्षको आय व्ययको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लगायत एजेण्डामा छलफल गरी पारित गरेको छ ।
कम्पनीले दोलखा जिल्ला भिमेश्वर नगरपालिका स्थित चर्नावती खोलामा ३.५२ मेगावाटको आयोजनाबाट मिति २०७०/०२/२४ देखि व्यापारिक उत्पादन शुरु गरि विक्री गर्दै आएको छ।
समिक्षा आर्थिक वर्षमा कम्पनीले विद्युत विक्रीबाट गरेको आम्दानी रु.१०,०५,२५,३३८/- र जम्मा आम्दानी रु. १०,२५,८५,०५३/- रहेको छ। कम्पनीको खुद नाफा रु. ४,१६,५४,००९/- र प्रती शेयर आम्दानी रु. १२ रहेको छ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा कम्पनीको विद्युत विक्री बाट भएको आम्दानीमा ६.७१% र खुद मुनाफामा १०६.६८% को वृद्धि भएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend