काठमाडौँ । पत्रकार शिवहरि घिमिरेको कथासग्रंह ‘होचो ढोका’ विमोचन भएको छ । स्वदेश प्रकाशन प्रालिले आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, संस्कृतिविद् डा गोविन्द टण्डन र नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले कथासग्रंह विमोचन गर्नुभएको हो । शार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वउपप्रधानमन्त्री रायमाझीले इतिहासको खोज, रक्षा र विकासमा लेखक एवं पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । वास्तविक जनताको इतिहासले अझै पूर्णता नपाएकाले साहित्यकारको ध्यान त्यसतर्फ जानुपर्ने उहाँको भनाइ थियो ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरानै विषय वस्तुलाई नयाँ स्वरुपमा सम्प्रेषणीय बनाई प्रस्तुत गरे नेपाली साहित्य विश्वसामु पुग्ने बताउनुभयो । पुस्तकको समीक्षा गर्नुहुँदै संस्कृतिविद् डा टण्डनले हराउँदै गएको कला, संस्कृति र मौलिकतालाई स्मरण गराउन पुस्तक सफल रहेको बताउनुभयो ।
‘
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend