सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल कुरियर सेवा संघमा ढुंगेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन

नेपाल कुरियर सेवा संघमा ढुंगेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन

काठमाडौ । नेपाल कुरियर सेवा संघले गोविन्द ढुंगेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको २४ औ साधारणसभाले गोविन्द ढुंगेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा देवेन्द्र खड्का,उपाध्यक्षमा दुर्गा प्रसाद सुवेदी, महासचिवमा संजय मण्डल,कोषाध्यक्षमा राजकुमार सामरी,सचिवमा तिलराज खतिवडा रहेका छन् । संघको कृष्ण प्रसाद नेपाल,इश्वरी प्रसाद मरहठ्ठा, कुमार प्रसाद उप्रेती, निरञ्जन थापा, टंकमणी खरेल, निर्मल राठी, र किरण थापा सदस्य रहेका छन् ।

नवनिर्वाचित कार्यसमितीलाई सञ्चार तथा सूचना प्रविधमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सम्मान तथा प्रमाणपत्र वितरण गर्नुभयो ।कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री बँस्कोटाले कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले हुलाक तथा कुरियर सँग सम्बन्धि कानून निर्माणको क्रममा रहेकाले सहकार्य गर्न कुरियर सँग सम्बन्धित व्यावसयीलाई आग्रह गर्नुभयो ।उहाँले हुलाक सेवालाई निजीक्षेत्रसँगको सहकार्यमा प्राधिकरणको मोडलमा लैजाने योजनामा सरकार रहेको बताउनुभयो ।

कुरियर सेवा संघका नवनिर्वाचित अध्यक्ष गोविन्द ढुंगानाले संघले आफुलाई दिएको जिम्मेवारी पूरा गर्न आफ्नो नेतृत्वको कार्यसमिती सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालको प्रादेशीक संरचना अनुसार कुरियर सेवा संघलाई पनि संघीय ढाँचामा लैजाने ढुंगानाको भनाई थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend