सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कलाकार लक्ष्मण चापागाईँको ’चिल गाडीले धमका पिटदै

कलाकार लक्ष्मण चापागाईँको ’चिल गाडीले धमका पिटदै

काठमाडौं । गायक लक्ष्मण चापागाईँले नयाँ लोक दोहोरी गीत ’चिल गाडी’ सार्वजनिक गरेका छन् । वैदेशिक रोजगारीमा हिँडेको युवकले  आफ्नि   श्रीमतीसँग गरेका सम्वाद र साटेका अनुभूतिलाई ’चिल गाडी’ गीतले समेटेको छ । हुर्केका छोराछोरीको लालनपालनको जोहो र बढ्दो ऋणबाट मुक्तिका लागि विदेश हिँड्न ठिक्क परेको युवाको कथा गीतमा छ । हवाईजहाज चढेर विदेश हिँड्ने तयारीमा रहेको नेपाली युवकको अनिश्यचलाई ’चिल गाडी’ को विम्बबाट सजीव रुपमा उतारिएको छ ।

आफ्नै शब्द तथा संगीत रहेको रत्यौली भाकाको यो गीतमा चापागाईँलाई स्वरमा विमला गैरेले साथ दिएकी छन्। रत्यौली मूलतः बिहेका दिन बेहुली लिएर जन्ती नफर्किउन्जेल बेहुलाको घरमा महिलाहरूले मनोरञ्जनका लागि गाउने गीतिभाका हो ।सजिना लामिछाने, रुपक लुइटेल, रबिना भण्डारी, मनिसा ढकाल र बालकलाकार पलपल चापागाईँको अभिनय रहेको गीतको भिडियोको निर्देशन शिभन पोखरेलले गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend