ललितपुर । ओम् शिवा बहुमुखी सहकारी संस्था लिमिटेडले आफ्नो २२औं साधारणसभा सम्पन्न गरेको छ। संस्थाले शेयर सदस्य र स्थानीय नागरिकहरुको लागि नि:शुल्क स्वास्थ्य परिक्षण र दन्त शिविर तथा आध्यात्मिक चित्र प्रदर्शनी लगायतका जनमुखी क्रियाकलापका साथमा माघ १४ गते साधारणसभा सम्पन्न गरेको हो।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष अशोक प्रसाद मल्लले प्रस्तुत गरेका संस्थाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। सभाले समिक्षा आर्थिक वर्षको वासलात, लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब ,नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गर्यो ।

हाल सदस्य संख्या १७२९ र शेयर पूंजी रु.२ करोड १५ लाख ८० हजार रहेकोे सहकारीको यस आर्थिक वर्षको खुद मुनाफा रु.१२ लाख ६२ हजार रहेकोे छ। साधारणसभामा उत्कृष्ट कर्मचारी , सदस्य लगायतलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend