१३ माघ,काठमाण्डु। खेलकुद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुमन भट्टको सभापतित्व र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा माघ १३ गते शुक्रबार उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले निवर्तमान उपाध्यक्ष हिरा सिंह डंगोलको अध्यक्षतामा आगामी चार वर्षको कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन सम्पन्न गरेको छ।

साधारणसभाले संस्थाका शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट १५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। संचालक समितिको तर्फबाट अध्यक्ष सुमन भट्टले प्रस्तुत गरेका समिक्षा आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन सभाले छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आ.व.को वासलात, लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए ।

आ.व.२०७८/७९ को अन्तसम्ममा ५२५ साधारण सदस्य र शेयर पुंजी रु.७५ लाख ६३ हजार ५ सय रहेको सहकारीले यस वर्ष रु.१३ लाख ६१ हजार ६९ खुद आम्दानी गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend