सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय वाणिज्य सहकारीलाई सामुहिक नेतृत्वमा संचालन गरिनेछ: अध्यक्ष खनाल

राष्ट्रिय वाणिज्य सहकारीलाई सामुहिक नेतृत्वमा संचालन गरिनेछ: अध्यक्ष खनाल

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बचत तथा ऋण सहकारी संस्था लाई सामुहिक नेतृत्व र सामुहिक जवाफदेहितामा अगाडि बढाउने संस्थाका नवनिर्वाचित अध्यक्ष उद्वव खनालले  बताएका छन् । खनाल माघ ७ गते शनिबार सम्पन्न भएको संस्थाको २२औं साधारणसभाबाट अध्यक्ष चयन भएका हुन।

साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को शेयर लाभांश कोष र संरक्षित पूंजी फिर्ता कोषबाट गरि शेयर सदस्यहरुलाई ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले संचालक समितिको तर्फबाट कार्यवाहक अध्यक्ष भरत के.सि.ले प्रस्तुत गरेका आ.व.२०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात, लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय वाणिाज्य बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सहकारीले संस्थागत सुशासन र पारदर्शितामा विशेष ध्यान दिनुपर्ने बताए ।

यस आर्थिक वर्षमा सदस्य संख्या १४५२ रहेको सहकारीको शेयरपूंजी रु. ३ करोड ८३ लाख रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend