काठमाडौं । भृकुटी मण्डप प्रदर्शनीस्थलमा नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा एन्ड हेल्थ प्रदर्शनी हुने भएको छ । माघ ६ देखि माघ ८ सम्म उक्त प्रदर्शनी हुन लागेको हो ।
यो प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युत, औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हो जुन मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको हो ।
स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल तथा यस क्षेत्रमा कार्यरत व्यवसायी तथा संस्थाहरुको व्यापक सहभागिता रहने उक्त प्रर्दशनीको उद्घाटन उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनबाट हुने तय भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend