काठमाडौं,४ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधिसभाका प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन् ।
राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बनेका थिए । तत्कालीन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका शाही प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने पनि चर्चा थियो ।
तर, अध्यक्ष लिङ्देनले मन्त्रीमा पाका अनुहारलाई रोजेर शाहीलाई संसदीय जिम्मेवारी सुम्पिएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend