काठमाडौं,३० पुष। श्री निश्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष रुद्र गिरीको अध्यक्षता तथा नेपाल रास्ट्र बैंकका पूर्व निर्देशक मनमोहन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा पुष ३० गते शनिबार सो साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट शेयर सदस्यहरुलाई १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्ष रुद्र गिरीले प्रस्तुत गरेका आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आ.व. को वासलात, लेखा र सुपरिवेक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित भएका छन ।
आ. व.२०७८/७९ मा शेयरपूंजी १ करोड १६ लाख ७४ हजार रहेको सहकारीले सदस्य संख्या र शेयरपूंजी वृद्धि गर्दै जाने बताएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend