सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

योग शिक्षालाई विद्यालय तहमा समावेश गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

योग शिक्षालाई विद्यालय तहमा समावेश गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

१ माघ। प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन्।

८ औं राष्ट्रिय योग दिवसको अवसरमा माघ १ गते  आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मानिसलाई मानसिक रूपले पनि तन्दुरूस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताएका हुन्। उनले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन सके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताए।

मानिस भौतिक विकासले मात्रै सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। भौतिक रूपले सम्पन्न देशहरूमा धेरै डिप्रेसन र आत्महत्याका घटना भएको भन्दै मानसिक रूपमा पनि व्यक्तिलाई चुस्त राख्न योग आवश्यक रहेको उनले बताए।अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको उनको भनाइ छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend