काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीकि अध्यक्ष ईन्दिरा पण्डित घिमिरेको अध्यक्षतामा पुष २९ गते शुक्रबार सम्पन्न साधारणसभाले संस्थापक समुहका शेयरधनिहरुको तर्फबाट रिक्त रहेको एक पदमा सुमन अधिकारीलाई नियुक्त गरेको छ।
साधारणसभाले अध्यक्षबाट प्रस्तुत भएको संस्थाको आ.व.२०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । समिक्षा आर्थिक वर्षको वासलात, लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब ,नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए ।
संस्थाले आ.व. २०७८/७९ मा रु. १० करोड ९३ लाख ४६ हजार ८७ खुद मुनाफा आर्जन गर्न सफलभए पनि अघिल्लो आर्थिक वर्षमा राम्रै बोनस शेयर तथा लाभांश वितरण गरि संस्थाको पूंजीगत अवस्थालाई सुदृढ बनाएकोमा हाल देशमा कायम रहेको आर्थिक तरलता अभावको स्थितिलाई समेत मध्यनजर गर्दै यस आर्थिक वर्षमा मुनाफा वितरण नगरी संचित मुनाफा बढाएर संस्थाको आर्थिक स्थिति बलियो बनाउने जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend