ललितपुर । सौभाग्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं साधारणसभा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष सानुराजा शाक्यको अध्यक्षतामा पुष २८ गते सम्पन्न साधारणसभामा ललितपुर जिल्ला क्षेत्र न.२ का प्रतिनिधिसभा सदस्य प्रेम बहादुर महर्जन , ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार गोर्खाली लगायतको आतिथ्य रहेको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफा र संरक्षित पूंजी फिर्ता कोषबाट समेत गरि शेयर सदस्यहरुलाई १०% नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले अध्यक्ष शाक्यले प्रस्तुत गरेका संस्थाको आ.व.२०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । समिक्षा आर्थिक वर्षको वासलात, लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब ,नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए ।
समिक्षा आ.व. मा शेयर पूंजी रु.३ करोड १ लाख ४५ हजार रहेको सहकारीले यस वर्ष रु. ३९ लाख ५५ हजार मुनाफा आर्जन गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend