सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अभिभावक सहकारी समाजको २५औं साधारणसभाबाट १२% लाभांश पारित

अभिभावक सहकारी समाजको २५औं साधारणसभाबाट १२% लाभांश पारित

 

काठमाडौं । अभिभावक सहकारी समाज लिमिटेडको पच्चिसौँ वार्षिक साधारणसभा तथा वार्षिकोत्सब (रजत जयन्ती वर्ष ,२०७९) सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष मछेन्द्र शम्शेर राणाको अध्यक्षतामा नक्साल भगवती मार्गस्थित असली मण्डपमा सम्पन्न साधारणसभाले शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट कर बाहेक १२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

सदस्य संख्या १५४१ र शेयर पूंजी रु. १ करोड ९२ लाख २२ हजार ९ सय रहेको यस सहकारीले आ. व. २०७८/७९ मा रु. ३३ लाख ६४ हजार ४ सय ३८ मुनाफा आर्जन गरेको छ।

साधारणसभाले अध्यक्ष राणाले प्रस्तुत गरेका संस्थाको आ.व.२०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । समिक्षा आर्थिक वर्षको वासलात, लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब ,नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए ।

साधारणसभामा का.म.न.पा.१ वडामा नवनिर्वाचित जनप्रतिनिधि , वरिष्ठ अभिभावक र उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गर्नुका साथै विभिन्न विद्यालयका छात्र-छात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend