काठमाडौं । अवसर बचत तथा ऋण सहकारी तथा धनकुञ्ज बचत तथा ऋण सहकारीबिच एकीकरणपछिको एकीकृत कारोबार शुरु भएको छ। पुष २६ गते सोमबार दुबै संस्थाको संयुक्त साधारणसभा सम्पन्न भएपछि एकीकृत कारोबारको बाटो खुलेको हो।

सहकारी बिभागका प्रतिनिधि मिलन वाग्लेको उपस्थितिमा सम्पन्न एकीकृत साधारणसभापछि संस्थाको नाम अवसर बचत तथा ऋण सहकारी संस्था रहनेछ । सभाले एकीकृत संस्थाको संचालक समिति र लेखा समितिको पनि चयन गरेको छ। अवसर सहकारीको अध्यक्षमा भोला ढकाल निर्वाचित भएका छन् ।उपाध्यक्षमा उद्वव भट्टराई,सचिवमा
रमेश पौडेल ,कोषाध्यक्षमा लक्ष्मण बोगटी चयन भएका छन । संचालक समिति सदस्यहरुमा सुधा पौडेल , तुलसी नारायण र चपला ढकाल चयन भएका छन।

त्यसैगरी , लेखा समिति सदस्यहरुमा अशोक विक्रम जिसि ,सुजिता शाह र चिन्तामणि पौडेल रहनेछन् ।

एकीकृत संस्थाको शेयरपूंजी करिब रु.३ करोड र सदस्य संख्या करिब ५ सय रहनेछ । वासलात करिब रु.१० करोडको हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend