काठमाडौं ,२६ पुष । लुम्बिनी विकास बैंकले नयाँ सञ्चालक समितिको चयन गरेको छ । मंगलबार सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो।
बैंकको साधारणसभावाट संस्थापक सेयरधनीको रुपमा निर्बिरोध निर्वाचित हुनेमा चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र प्रविण कृष्ण श्रेष्ठ रहेका छन् । त्यसैगरी सर्वसाधारण सेयरधनीका तर्फबाट गणेशराज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्बिरोध निर्वाचित भएका हुन ।
बैंकको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव समेत स्वीकृत गरेको छ । सो लाभांश मध्ये ९ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर रहेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक प्रतिबेदन समेत स्वीकृत गरेको छ भने चालु आर्थिक वर्षका २०७९/८० का लागि लेखापरीक्षकको समेत नियुक्ति गरेको छ । बैंकले मुद्दती खातामा मासिक ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने जस्ता बिशेष योजना सञ्चालनमा ल्याएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend