सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमांडूको एकीकृत कारोबार आरम्भ

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमांडूको एकीकृत कारोबार आरम्भ

काठमाडौं । पुष २५ गते सम्पन्न ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडूबीच मर्जरप्रश्चात ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको छ । ग्लोबल र बीओके १ः१ को शेयर स्वाप रेसियामा मर्ज भएका हुन् ।

बैंकका अध्यक्ष चन्द्र ढकालको अध्यक्षतामा सञ्चालित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । विशेष समारोहमा मुख्यसचिव शंकरदाश बैरागी, गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल लगायत विशिष्ठ उद्योग व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृती प्राप्त भएपछि एकीकृत कारोबारको बाटो खुलेको थियो ।

बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि शनिबार र आइतबार २ दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहेको थियो भने आजबाट सेवा सुचारु भएको छ ।

मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०८ अर्ब, कूल कर्जा रु. ३७६ अर्ब भन्दा बढि भएको छ । मर्जर पछि कूल पूँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बनेको हो ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने छन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend