सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रेडियन्ट सहकारीको १४औं साधारणसभाबाट १२% लाभांश प्रस्ताव पारित

रेडियन्ट सहकारीको १४औं साधारणसभाबाट १२% लाभांश प्रस्ताव पारित

 

काठमाडौं । रेडियन्ट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पुष २३ गते शनिबार १४औं वार्षिक साधारणसभा सम्पन्न गर्दै सदस्यहरुलाई आ.व २०७८/७९ को संचित मुनाफाबाट १२% लाभांश प्रदान गर्ने प्रस्ताव पारित पारित गरेको छ।

रेडियन्ट बहुउद्देश्यीय सहकारीका अध्यक्ष दुर्गाकुमार ढुङ्गानाको अध्यक्षता र बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार गोर्खाली,कागेश्वरि मनोहरा नगरपालिकाका पुर्वप्रमुख कृष्णहरि थापा लगायतको उपस्थिति रहेको थियो ।

साधारणसभाले अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेका संस्थाको आ.व.२०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । समिक्षा आर्थिक वर्षको वासलात, लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब ,नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए ।

साधारणसभाले दुर्गाकुमार ढुङ्गाना कै अध्यक्षतामा नयाँ संचालक समितिको पनि सर्वसम्मत चयन गरेको छ। त्यस्तै , लेखा सुपरिवेक्षण समिति ,ऋण लगानी र शिक्षा उपसमितिको पनि निर्वाचन सम्पन्न भएको छ।

आर्थिक वर्ष २०७८/७९ मा शेयर पूंजी रु. ३ करोड १७ लाख ७५ हजार ३ सय पुगेको संस्थाले यस वर्ष रु. ६५ लाख ६३ हजार ७ सय मुनाफा आर्जन गरेको छ ।

आगामी वर्ष संस्थाको कार्यक्षेत्र र सेवाकेन्द्र विस्तार गर्दै सदस्यहरुको हितमा समर्पित रहने अध्यक्ष ढुङ्गानाले सभामा बताए। डिजिटल बैंकिङ्ग सेवा सञ्चालन गर्ने र संस्थाको भवन निर्माण गर्ने योजना रहेको पनि उनले जानकारी दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend