काठमाडौं २५ पुस । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दिएका छन ।
निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार राउत र यादवले उम्मेदवारी दिएका हुन ।
रामआशिष यादव पनि मुख्यमन्त्रीमा दावेदार थिए । उनले पूर्वसभामुख समेत रहेका सरोजकुमारलाई समर्थन गरेका छन् । जसपाका १६ प्रदेशसभा सदस्य छन् । जो संसदीय दलको नेता चुनिन्छ, उही मधेश प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend