सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्राइम लाईफ इन्स्योरेन्सको साधारणसभाबाट मर्जर प्रस्ताव पारित

प्राइम लाईफ इन्स्योरेन्सको साधारणसभाबाट मर्जर प्रस्ताव पारित

काठमाडौं । १५औं वार्षिक साधारणसभा सम्पन्न गरेसङ्गै प्राइम लाइफ इन्स्योरेन्सको गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने बाटाे खुलेकाे छ ।

इन्स्योरेन्सको पुष २४ गते  आइतबार सम्पन्न वार्षिक साधारणसभाले मर्जर समितिबाट भएका निर्णयहरुकाे अनूमोदन गर्दै मर्जर पूरा गर्नको लागि आवश्यक पर्ने सबै काम गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेसँगै तीन कम्पनी मर्जर हुने बाटाे खुलेकाे हाे ।

साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रस्ताव गरेको १३.६८४ प्रतिशत लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ का वित्तीय विवरणहरु पारित पनि गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend