काठमाडौं २४ फागुन । सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसेको छ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानसमेत रहेका गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत बैठकमा सहभागी रहेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेसहित प्रदेश सरकारको नेतृत्वका सम्बन्धमा पनि हुने नेताहरूले बताएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend