सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चिया निर्यातमा सरकारी अनुदान सहज हुनुपर्छ : अध्यक्ष मैनाली

चिया निर्यातमा सरकारी अनुदान सहज हुनुपर्छ : अध्यक्ष मैनाली

 

काठमाडौं । नेपाल टि एशोसिएसनका अध्यक्ष कमल मैनालीले चिया निर्यातमा सरकारले दिने भनेको अनुदान प्राप्त गर्ने प्रक्रिया सहज बनाउनुपर्ने बताएका छन् ।

एशोसिएसनको पुष २३ मा सम्पन्न चौथों वार्षिक साधारणसभामा अध्यक्ष मैनालीले निर्यातमा पाउनुपर्ने अनुदान लिन अप्ठ्यारो रहेको बताएका हुन । चिया क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुका साथै चिया र कफीको लागि अलग विकास बोर्डहरु बनाउनुपर्नेमा उनले जोड दिए।

हाल वार्षिक चार अर्बको चिया निर्यात भएरहेकोमा देशभित्रको खपत १ करोड किलोग्राम प्रतिवर्ष रहेको छ। नेपाल टि एशोसिएसनले अर्गानिक चियाको उत्पादन , बजारीकरण र निर्यातमा सहजिकरण गर्दै आएको छ। हाल यसमा ५५ सदस्यहरु रहेका छन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend