काठमाडौं । पिस सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले चौबिसौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष रघुनाथ प्रधानको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरू , काठमाडौं बचत तथा ऋण सहकारी संघका सचिव शालिग्राम पुडासैनी,का.म.न.पा.वडा न.२२ का अध्यक्ष चिनकाजी महर्जन लगायतको आतिथ्य रहेको थियो ।

साधारणसभाबाट संस्थाले शेयर सदस्यहरुलाई आ.व. २०७८/७९ को संचित मुनाफाबाट १५% नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
साधारणसभाले अध्यक्ष रघुनाथ प्रधानले प्रस्तुत गरेका संस्थाको आ.व.२०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । समिक्षा आर्थिक वर्षको वासलात, लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब ,नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए ।
आ.व.२०७८/७९ मा शेयर पूंजी रु. २ करोड ५४ लाख ६५ हजार ५ सय पुगेको संस्थाले यस वर्ष रु. ५० करोड ४६ लाख ९ हजार ६३८ निक्षेप संकलन गरि रु. २ करोड २० लाख २१ हजार २९५.१५ नाफा आर्जन गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend