सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

युनियन हाइड्रोपावरको १६औं साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित

युनियन हाइड्रोपावरको १६औं साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित

 

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा पुष २२ गते ,शुक्रबार ललितपुरस्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको छ।

साधारणसभाले कम्पनीका अध्यक्ष रामजी प्रसाद कोइरालाको अनुपस्थितिमा प्रबन्ध संचालक अभिज्ञा मल्लले प्रस्तुत गरेका कम्पनीको आ.व.२०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । समिक्षा आर्थिक वर्षको वासलात, लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब ,नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए ।

यस कम्पनीले लमजुङ जिल्ला ,मध्यनेपाल न.पा.वडा न. ८ मा अवस्थित मिदिम खोला जलविद्युत आयोजना (३मे. वा.) बाट विगत २०७४ माघदेखि व्यवसायीक उत्पादन गरिरहेको छ। यस आ.व.मा आयोजनाबाट करिब ८५.१४% विद्युत उत्पादन भइ कम्पनीले रु.३ करोड ५४ हजार खुद नाफा आर्जन गरेको छ ।

युनियन हाइड्रोपावरले सोलुखुम्बु जिल्लामा होङगुखोला जलविद्युत आयोजना (२८.९ मे. वा.) र ताप्लेजुङ जिल्लामा अपर तमोर “ए” जलविद्युत आयोजना (६० मे.वा.) सर्वेक्षण अनुमतिपत्र प्राप्त गरि सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरेको छ। यी आयोजनाहरु विद्युत विकास विभागबाट उत्पादन अनुमतिको पर्खाइमा छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend