सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देव दर्शन सहकारीको चौधौं साधारणसभा सम्पन्न

देव दर्शन सहकारीको चौधौं साधारणसभा सम्पन्न

काठमाडौं। देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौधौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। बागमती प्रदेश सहकारी विभागका रजिस्ट्रार नारायण ज्ञवाली , चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि लगायतको आतिथ्यमा पुष २२ गते शुक्रबार संस्थाको साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष राम नारायण घिमिरेले प्रस्तुत गरेका संस्थाको आ.व. २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात,लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब ,नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

आर्थिक वर्ष २०७८/७९ मा शेयरपूंजी रु. ४ करोड २७ लाख ७ हजार रहेको यस सहकारीको कुल कारोबार भने १ अर्ब १७ करोड ६५ लाख ७४ हजार पुगेको छ। संस्थाले यस वर्ष आयकर अघि रु. ९६ लाख २० हजार ८ सय २८ मुनाफा आर्जन गरेको छ।

आफ्नो सहकारी सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहि सदस्यहरुको अधिकतम हितमा लागिपरेको अध्यक्ष घिमिरेले साधारणसभामा बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend