काठमाडौं ,२२ पुष। कालिञ्चोक दर्शन लिमिटेडले आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटीको अध्यक्षतामा पुष २२ गते शुक्रबार साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष शिवाकोटीले प्रस्तुत गरेका कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आ.व.को वासलात लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण सहितका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

प्राथमिक शेयर निष्कासनपछि चुक्ता पूंजी रु. ६० करोड पुगेको कम्पनीले पर्यटन क्षेत्रको पुर्वाधार विकासमा थप लगानी गर्ने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend