सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मल्टिस्टार सहकारीको १३औं साधारणसभाबाट नयाँ संचालक समितिको चयन

मल्टिस्टार सहकारीको १३औं साधारणसभाबाट नयाँ संचालक समितिको चयन

 

काठमाडौं । मल्टिस्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको हो। बागमती प्रदेश सभाका सदस्य सुनिल के.सि. को प्रमुख आतिथ्यमा पुष १६ गते शनिबार सम्पन्न साधारणसभाले आ.व.२०७८/७९ को संचित मुनाफाबाट शेयर सदस्यहरुलाई १५% लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आगामी ४ वर्षको कार्यकालको लागि वर्तमान अध्यक्ष अनसन साखकै अध्यक्षतामा नयाँ संचालक समितिको निर्विरोध निर्वाचन सम्पन्न गरेको छ। निर्वाचित समितिको उपाध्यक्षमा विण्णु श्रेष्ठ ,सचिवमा वन्दना घिमिरे गौतम ,कोषाध्यक्षमा धिरज बुढाथोकी लगायतका पदाधिकारी चयन भएका छन् ।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष साखःले प्रस्तुत गरेका कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आ.व. को वासलात,लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण पनि सभाबाट पारित भए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend