सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सामलिङ्ग पावर लिमिटेडको चौंथो साधारणसभाबाट वित्तीय प्रस्तावहरु पारित

सामलिङ्ग पावर लिमिटेडको चौंथो साधारणसभाबाट वित्तीय प्रस्तावहरु पारित

 

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । पुष २१ गते बिहीबार कम्पनीका अध्यक्ष मोहनदाश मानन्धरको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष मानन्धरले प्रस्तुत गरेका कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आ.व. को वासलात,लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण पनि सभाबाट पारित भए ।

यस कम्पनीले इलाम जिल्लास्थित ९.५१ मेगावाट जडित क्षमताको माईवेनी जलविद्युत आयोजनाबाट मिति २०७८ असोज १ गतेदेखि व्यवसायीक उत्पादन आरम्भ गरेको छ। आ.व. २०७८/७९ मा आयोजनाले २ करोड १३ लाख किलोवाट आवर विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी कुल रु. ११ करोड ६५ लाख ५४ हजार ९ सय ४९ आम्दानी गर्न सफल रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend