काठमाडौं ,२० पुष। एनआरएन इन्फ्रास्टक्चर एन्ड् डेभलपमेन्ट लिमिटेडले दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष जीवनाथ लामिछानेले जुममार्फत भर्चुअल अध्यक्षता गरेका सभाले लाभांशसहित अन्य प्रस्तावहरु पारित गरेको छ।

सभामा कम्पनीकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।
समिक्षा आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिएकाे छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ५ गते एक दिन बुकक्लाेज गरेकाे थियाे । त्यसैले पाैष ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले देशको पुर्वाधार विकासमा लगानी गर्ने आफ्नो प्रमुख व्यवसायिक उद्देश्य अनुरुप पाँच वटा जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीका शेयर पूंजीमा लगानी गरेको छ। उक्त आयोजनाहरु मध्ये हिमालयन पावर पार्टनर लिमिटेडको दोर्दी खोला जलविद्युत आयोजना (२७ मे. वा.,लमजुङ ) र श्वेत-गङ्गा हाइड्रोपावरको तल्लो लिखु खोला जलविद्युत आयोजना (२८.१ मे.वा., रामेछाप ) को निर्माण कार्य सम्पन्न भई क्रमशः २०७९ असोज र कार्तिकबाट व्यवसायिक उत्पादन प्रारम्भ भएको छ। कम्पनीको विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको संस्थापक शेयरमा समेत लगानी रहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend