सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको साधारणसभा सम्पन्न

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको साधारणसभा सम्पन्न

 

भक्तपुर । थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले आ.व. २०७८/७९ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष कुमार खरेलको सभापतित्वमा पुष १६ गते शनिबार उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष खरेलले प्रस्तुत गरेका कम्पनीको आ.व.२०७८/७९ को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित अनुमोदन गरेको छ। २०७९ साल असार मसान्तसम्मको वासलात,लेखापरीक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब ,नगदप्रवाह विवरण,र इक्विटिमा भएको परिवर्तन लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए ।

कम्पनीले हाल प्रदेश न.१ को खोटाङ जिल्लास्थित साप्सुप खोलामा ६.६ मे.वा. को आयोजना संचालन गरिरहेको छ। यस आयोजनाबाट मिति २०७८ पुष २३ गतेदेखि सफलतापुर्वक व्यवसायिक उत्पादन शुरु भएको छ। स्थानीय बासिन्दा र सर्वसाधारणलाई शेयर निष्कासन गर्नुअघी कम्पनीको हालको चुक्तापूंजी रु.३६ करोड ९३ लाख ७५ हजार रहेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend