सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विद्युतकर्मी सहकारीको १६औं साधारणसभाबाट १२% लाभांश प्रदान

विद्युतकर्मी सहकारीको १६औं साधारणसभाबाट १२% लाभांश प्रदान

काठमाडौं । विद्युतकर्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।सहकारीका अध्यक्ष रामकुमार थेवेको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाको प्रमुख आतिथ्यमा उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले शेयर सदस्यहरुलाई समिक्षा आर्थिक वर्षको संचित मुनाफाबाट १२ प्रतिशत नगद लाभांश प्रदान गरेको छ।

अध्यक्ष रामकुमार थेवेले प्रस्तुत गरेका आ.व.२०७८/७९ को संस्थाको वार्षिक प्रगति प्रतिवेदन सभाले छलफल र सुझावसहित पारित गरेको छ। यस वर्षको वासलात,लेखापरिक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए ।

समिक्षा आर्थिक वर्षमा सदस्य संख्या ५८२७ र शेयर पूंजी रु.४ करोड ८४ लाख ८८ हजार ४ सय रहेको संस्थाले रु.२ करोड ४२ हजार कुल नाफा आर्जन गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend