शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन सम्पन्न

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन सम्पन्न

पोखरा । १ जनवरी २०२३ अर्थात अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पुष १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।

समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति थियो  । त्यहाँ हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो ।

आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको ऋण र अनुदानमा निर्माण भएको हो । करिब २२ अर्ब रुपैयाँको लागतमा निर्माण भएको यो विमानस्थलमा चीन सरकारले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको छ । आइतबारदेखि विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्ने सरोकारवालाहरूको अपेक्षा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend