सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निब्स सहकारीको १३औं साधारणसभाबाट नयाँ संचालक समिति निर्वाचित

निब्स सहकारीको १३औं साधारणसभाबाट नयाँ संचालक समिति निर्वाचित

 

काठमाडौं ,१७ पुष । निब्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। काठमाडौं महानगरपालिका वडा न.२६ का अध्यक्ष ख्यामराज तिवारीको प्रमुख आतिथ्यमा पुष १७ गते गोंगबुस्थित मण्डप बैंकेटमा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले वर्तमान अध्यक्ष क्षत्रबहादुर महोत्रा क्षेत्रीकै अध्यक्षता नयाँ संचालक समितिको निर्विरोध निर्वाचन सम्पन्न गरेको छ।

साधारणसभाले अध्यक्ष क्षत्रबहादुर महोत्रा क्षेत्रीले प्रस्तुत गरेका संस्थाको वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। आर्थिक वर्ष २०७८/७९ को वासलात, लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब ,नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाले पारित गरेको छ।

समिक्षा आर्थिक वर्षको अन्त सम्ममा यस सहकारीको सदस्य संख्या ९०१ र शेयर पूंजी रु.१ करोड ३१ लाख ४१ हजार ३ सय रहेको छ। संस्थाले यस वर्ष रु.१९ लाख ६ हजार मुनाफा आर्जन गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend