आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

‘मधेश प्रदेश’ नामाकरणले सहिदको सपना साकार भयोः मुख्यमन्त्री राउत

‘मधेश प्रदेश’ नामाकरणले सहिदको सपना साकार भयोः मुख्यमन्त्री राउत

 

 

 

सप्तरी, ५ माघ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले २ नं प्रदेशबाट “मधेश प्रदेश” नामाकरणले मधेशी सहिदको सपना साकार भएको भएको बताएका छन् ।

मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा बुधबार आन्तरिक मामिला तथा संचार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानद्वारा संयुक्त रुपमा राजविराजस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजित चौथो बलिदानी दिवसमा उनले यस्तो बताएका हुन् ।

मधेश प्रदेशको स्थापना यहाँका सहिदहरुको सपना नै थियो, राउतले भने “त्यसको स्थापनाले उनीहरुको सपना अहिले साकार भएको छ ।” उनले मधेश आन्दोलनका क्रममा मधेशका जिल्लाहरुमा रहेका सरकारी कार्यालयमा मधेशवादी आन्दोलनकारीले मधेश लेख्ने गरेकोमा आज त्यो सार्थक भएको बताए ।

केन्द्र सरकार अहिले पनि प्रदेश सरकारलाई स्वायत्तता र अधिकार दिन नचाहिरहेको आरोपका साथ उनले मधेश प्रदेशको प्रहरी ऐन तयार रहेपनि प्रहरी समायोजना हुन नसकेको सुनाए ।

मधेश आन्दोलन तथा अन्य आन्दोलनमा प्राणको आहुती दिने सहिदहरुको सम्मान र सम्झनामा मधेश प्रदेशको पाँच जिल्लामा सहिद पार्क तथा सहिदहरुको प्रतिमा स्थापना गर्ने र यसका लागि आन्तरिक मामिला तथा संचार मन्त्रालयले मधेशी सहिद प्रतिष्ठान मार्फत आवश्यक काम अघि बढाएको उनले जानकारी दिए ।

२०६३ माघ ५ गतेका दिन सिरहाको लहानमा पहिलो मधेश आन्दोलनका क्रममा रमेश महतोले सहादत प्राप्त गरेपछि माघ ५ गतेलाई विभिनन चरणका मधेश आन्दोलनमा सहादत प्राप्त गर्नेहरु समेतको स्मरणमा बलिदानी दिवस मनाउने गरिएको हो । यस दिन प्रदेश सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend